कम्युनिटी शिल्डको उपाधि आर्सनललाई - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कम्युनिटी शिल्डको उपाधि आर्सनललाई

एजेन्सी । आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि हात पारेकोे छ ।

शनिबार वेम्बली स्टेडियममा भएको फाइनलमा लिभरपुललाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि हात पारेको हो ।

खेलको १२ औं मिनेटमा आबुमियाङको गोलबाट आर्सनलले सुरुवाती अग्रता बनाएको थियो । खेलको ७३ औं मिनेटमा मिनामिनोले गोल गर्दै खेल १–१ को बराबरीमा फर्काएका थिए ।

यस पछि खेलको निर्धारित समय दूवै टिमबाट थप गोल हुन नसकेपछि नतिजा ट्राइब्रेकरमा पुगेको थियो ।

ट्राइब्रेकरमा आर्सनलका रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र पेरिक एम्रिक आबुमियाङले गोल गरेका थिए ।

लिभरपुलका लागि भने मोहमद सलाह, फाबिन्हो, ताकुमी मिनामिनो र कुर्टिस जोन्सले गोल गरे । तर, युवा खेलाडी रिहन ब्रेउस्टरको प्रहार क्रस बारमा लागेर बाहिरिएकोे थियो ।

आर्सनलले १६ औं पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो । प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको फाइनलमा खेल्ने गर्छन् ।

सम्बन्धित खवर