सीपीएल : सन्दीपको २ विकेटमा जमैकाको तेस्रो जित - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सीपीएल : सन्दीपको २ विकेटमा जमैकाको तेस्रो जित

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा प्याट्रियट्सविरुद्ध तेस्रो जित हात पारेको छ ।

शनिबार राति ट्रिनिडाड एन्ड टोबेगोस्थित क्वुइन्स पार्क ओभलमा सम्पन्न खेलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई ३७ रनले पराजित गर्दै जमैकाले तेस्रो जित हात पारेको हो ।

टस जितेर वलिङको निम्तो दिदैं व्याटिकमा उत्रेको जमैकाले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको प्याट्रियट्स १ सय १० रनमा समेटिको थियो ।

दोस्रो जितको खोजीमा रहेको प्याट्रियट्स १९ ओभर ४ बलमा पुरै विकेट गुमाउदै हार व्यहोर्नु परेको थियो ।

प्याट्रियट्सका किरन पावेल र एभिन लुइसले समान २१–२१ रन बनाउनु बाहेक अन्य खेलाडीले खुलेर खेल्न सकेनन् ।

निक केल्लीले १६, दिनेस रामदिनले १३ तथा इमरान खानले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

प्याट्रियट्सलाई सस्तैमा समेट्न कार्लोस ब्रेथवेटले ३ विकेट हात पारे । यस्तै, सन्दीप लामिछाने, भिरासमी पर्मौल र फिल्ड इड्वार्ड्सले समान २–२ विकेट लिए ।

यसअघि, पहिले ब्याटिङ गरेको जमैकाले ६ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । उसका ग्लेन फ्लिप्सले सर्वाधिक ७९ रनको अर्धशतकीय पारी खेले ।

यस्तै, जर्मेन ब्ल्याक्वुडले २७, नरुम बोन्नरले १६ तथा आशिफ अलीले १४ रनको योगदान गरे । सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा छैठौं स्थानमा रहेका छन् ।

जमैकाले ६ खेलमा ३ जित हात पारेसंगै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यता प्याट्रियट्स भने अंक तालिकाको पुच्छारमा यथावत रहेको छ ।

सम्बन्धित खवर