सीपीएल : सन्दीपको जमैका र नाइट राइडर्स भिड्दै - Mangsebung News
  • आइतबार, जेठ २४, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सीपीएल : सन्दीपको जमैका र नाइट राइडर्स भिड्दै

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा ट्रिनबागो नाइट राइडर्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

ट्रीनिडाड एन्ड टोबेगोमा अवस्थित ब्रायन लारा स्टेडियममा नेपाली समय अनुसार आज (मंगलबार) बेलुका ७ः४५ बजे सुरु हुने सीपीएल अन्तर्गत जमैकाले सातौं खेलमा लिग लिडर ट्रिनबागो नाइट राइडर्सविरुद्ध प्रतिस्पर्धा गर्ने भएको हो ।

सन्दीपको जमैका नाइट राइडर्सविरुद्ध मैदान उत्रदा चौंथो जितको खोजीमा हुनेछ । तर, अपराजित नाइट राइडर्सविरुद्ध जित निकाल्न जमैकालाई कठिन भने हुनेछ ।

यस अघिको भेटमा जमैकालाई नाइट राइडर्सले ७ विकेटले हराएको थियो । जमैका हारको बदला लिने योजनामा हुनेछ ।

सन्दीपको जमैका ६ खेलमा ६ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ । नाइट राइडर्स ६ खेलमा १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

सम्बन्धित खवर