सीपीएल : सन्दीपको टीम जमैकाको चौथो हार - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सीपीएल : सन्दीपको टीम जमैकाको चौथो हार

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा ट्रिनबागो नाइट राइडसंग हार व्यहोरेको छ ।

ट्रीनिडाड एन्ड टोबेगोमा अवस्थित ब्रायन लारा स्टेडियममा मंगलबार राति भएको खेलमा जमैकाले सातौं खेलमा लिग लिडर ट्रिनबागो नाइट राइडससं १९ रनले पराजित हुँदै चौंथो हार व्यहोरेको हो ।

टस हारेर व्याटिङको निम्तो पाएको नाइट राइडर्सले दिएको १ सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जमैकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।

जमैकाका आन्द्रे रसेलले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् ।

यस्तै ग्लेन फिलिप्सले ४१ रन जोड्दा कार्लोस ब्रेथवेटले अविजित २१ रन जोडे । एनक्रुमा बोनेरले २६ रन बनाए ।

जमैकाका कार्लोस ब्रेथवेटले २ विकेट लिए । यसैगरि सन्दीप लामिछाने र फिडेल एडवार्डले एक एक विकेट लिए ।

सन्दीपले ४ ओभर बलिङ गर्दै २० रन खर्चिएर १ विकेट लिएका हुन् । यससँगै सन्दीपले ७ खेलमा १० विकेट लिन सफल भएका छन् ।

नाइट राइडर्सका लागि कोलिन मुन्रोले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । यसैगरि सुनिल नारिनले २९ तथा लेन्डेल सिमोन्सले २५ रन बनाए ।

टिम सेइफर्टले १८ रन जोड्दा कप्तान केइरन पोलार्डले अविजित ३३ रन बनाए । यसैगरि नाइट राइडर्सका फावद अमहेदले २ विकेट लिए ।

जमैका ७ खेलमा ६ अंक जोडेर चौथो स्थानमा रहेको छ । जमैकालाई हराएसँगै नाइट राइडर्सले लगातार सातौं खेलमा जित निकाल्दै १४ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

सम्बन्धित खवर