यूईएफए नेसन्स लिग : जर्मनी र स्पेन भिड्दै - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यूईएफए नेसन्स लिग : जर्मनी र स्पेन भिड्दै

एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले गत वर्षबाट सुरु गरेको यूईएफए नेसन्स लिग फुटबल सुरु हुँदैछ ।

आज (बिहीबार) बाट यूईएफए नेसन्स लिग फुटबलको दोस्रो संस्करण सुरु हुन लागेको हो । नेसन्स लिग अन्तर्गत बिहीबार विभिन्न समूहको १० खेलहरु हुनेछ ।

नेपाली समय अनुसार राति १२ः३० बजे लिग ’ए’ समूह चारमा रहेको जर्मनीले स्पेनसँग घरेलु भूमि मर्सिडिज बेन्च एरिनामा प्रतिसपर्धा गर्दैछ ।

यस्तै लात्भिया र एन्डोराबीच हुने पहिलो खेल नेपाली समय अनुसार पौने १० बजे सुरु हुनेछ ।

यसैगरि नेपाली समय अनुसार राति १२ः३० नैै फिनल्याण्ड र वेल्स, रसिया र सर्विया, फारोय आइसल्याण्ड र माल्टा, बुल्गेरिया र आयरल्याण्ड , स्लोभानिया र ग्रिस, टर्की र हंगेरी, मोल्दोभा र कोसोभो तथा युक्रेन र स्वीट्जरल्याण्डबीच खेल हुनेछ ।

नेसन्स लिग युरोपका ५५ देशले प्रतिस्पर्धा गर्ने छन् । सहभागी राष्ट्रलाई वरीयताको आधारमा चार समूहमा विभाजन गरिएको छ ।

हरेक टिमले समूहमा ६ खेलहरु होम एण्ड अवेका आधारमा खेल्नेछन् । तर, लिग ’डी’ को तीन देश रहेको समूहले भने चार खेल मात्र खेल्नेछन् ।

गत वर्ष क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले उपाधि जितेको थियो ।

सम्बन्धित खवर