सीपीएल : सन्दीपको जमैका र प्याट्रियट्सको खेल नतिजा विहीन - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सीपीएल : सन्दीपको जमैका र प्याट्रियट्सको खेल नतिजा विहीन

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाज र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबीचको खेल नतिजा विहीन सकिएको छ ।

बिहिबार राति ब्रायन लारा क्रिकेट स्टेडियममा वर्षाले खेल प्रभावित गरेपछि क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा जमैका प्याट्रियट्सबीचको खेल नतिजा विहीन सकिएको हो ।

टस हारेर प्याट्रियट्सले ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो । खेल रोकिनु अघि प्याट्रियट्सले ५ ओभर ४ बलमा विना विकेटको क्षतिमा ४६ रन बनाएको थियो ।

खेल नतिजा विहीन सकिएसँगै दुबै टिमले एक एक अंक पाएका छन् । जमैका ८ खेलमा ७ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ । प्याट्रियट्स ९ खेलमा ३ अंकका साथ तालिकाको पुछारमा छ ।

सम्बन्धित खवर