
एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले गत वर्षबाट सुरु गरेको यूईएफए नेसन्स लिग फुटबलमा आज (शुक्रबार) पनि आठ खेलहरु हुँदैछ ।
बिहीबारबाट सुरु नेसन्स लिग अन्तर्गत शुक्रबार इटालीले नेसन्स लिगको पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाली समय अनुसार राति १२ः३० बजे इटालीले बोस्नियासँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ ।

यस्तै नेदरल्यान्ड्सले पोल्याण्डसँग खेल्नेछ । नेदरल्यान्ड्सको घरेलु मैदानमा हुने खेल राति १२ः३० मा सुरु हुनेछ ।
नर्वेले अष्ट्रियासँग घरेलु मैदानमै खेल्नेछ भने स्कटल्याण्डले इजरायल, रोमानियाले नर्दन आयरल्याण्ड र बेलारुसले अल्बानियासँग खेल्ने छन् ।
अन्य खेलमा स्लोभाकियाले चेक रिपब्लिक तथा लिथुनियाले कजाकिस्तानसँग खेल्ने छन् ।
