सीपीएल : सन्दीपको जमैका र बार्बाडोस प्रतिस्पर्धा गर्दै - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सीपीएल : सन्दीपको जमैका र बार्बाडोस प्रतिस्पर्धा गर्दै

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा बार्बाडोस ट्राइडेण्ट्ससंग प्रतिस्पर्धा गर्दैछ ।

ट्रिनिडाड एन्ड टोबेगोमा अवस्थित ब्रायन लारा स्टेडियममा आज (शनिबार) नेपाली समय अनुसार राति १२ बजे सुरु हुने सीपीएल अन्तर्गत जमैकाले नवौं खेलमा बार्बाडोस ट्राइडेण्ट्सविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।

बार्बाडोसविरुद्ध मैदान उत्रदै गर्दा जमैका चौंथो जितको खोजीमा हुनेछ । बार्बाडोस भने तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

यसअघिको भेटमा जमैकालाई बार्बाडोसले ३६ रनले पराजित गरेको थियो । जमैकासामु अघिल्लो खेलमा भोगेको पराजयको बदला लिने अवसर प्राप्त हुनेछ ।

जमैका ८ खेलमा ७ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ । बार्बाडोस ९ खेलमा ४ अंकका साथ तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।

जमैकाले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ भने बार्बाडोस प्रतियोगिताबाट बाहिरिएको छ ।

सन्दीपले यस सिजन निकै उत्कृष्ट बलिङ प्रर्दशन गर्दै आएका छन् । सन्दीप ७ इनिङमा १० विकेट लिन सफल भएका छन् ।

सम्बन्धित खवर