यूईएफए नेसन्स लिग : पोर्चुगल र क्रोएसिया, फ्रान्स र स्विडेन भिड्दै - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यूईएफए नेसन्स लिग : पोर्चुगल र क्रोएसिया, फ्रान्स र स्विडेन भिड्दै

एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले गत वर्षबाट सुरु गरेको यूईएफए नेसन्स लिग फुटबलमा आज (शनिबार) विभिन्न ९ खेलहरु हुँदैछ ।

नेसन्स लिगमा शनिबार लिग ’ए’ को समूह ३ मा रहेको डिफेन्डिङ च्याम्पियन पोर्चुगल र विश्वकपको उपविजेता टिम क्रोएसियाबिच प्रतिस्पर्धा हुदैछ ।

पोर्टोमा हुने पोर्चुगल र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार राति १२ः३० मा सुरु हुनेछ ।

यसै समूहको अर्को खेलमा विश्व विजेता फ्रान्सले स्विडेनसँग खेल्नेछ । स्विडेनको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२ः३० मा हुनेछ ।

यसैगरि बेल्जियमले डेनमार्कसँग उसैको मैदानमा खेल्नेछ भने इंग्ल्यान्डले आइसल्याण्डसँग उसैको मैदानमा खेल्नेछ ।

इंग्ल्यान्ड र आइसल्याण्डबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ । अन्य खेलमा जर्जियाले स्टोनिया, अजरबैजानले लक्जेमबर्ग, साइप्रसले मोन्टेनेग्रो,जिब्राल्टरले सान मारिनो र नर्थ मेसिडोनियाले अर्मेनियासँग खेल्नेछ ।


सम्बन्धित खवर