सीपीएल : सन्दीपको १ विकेट, जमैका पराजित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सीपीएल : सन्दीपको १ विकेट, जमैका पराजित

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछान सम्मिलित जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट (सीपीएल)मा बार्बाडोस ट्राइडेण्ट्ससंग ७ विकेटले पराजित भएको छ ।

ट्रिनिडाड एन्ड टोबेगोमा अवस्थित ब्रायन लारा स्टेडियममा गएराति भएको खेलमा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रर्दशन गर्दै १ विकेट लिएपनि जमैका बार्बाडोससंग ७ विकेटले पराजित बनेको हो ।

जमैकाले प्रस्तुत गरेको १ सय ६२ रनको लक्ष्य बार्बाडोसले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

बार्बाडोसको जितमा कप्तान जसन होल्डरले ६९ रन बनाए । उच्च योगफलतर्फ अघि बढेका होल्डरलाई सन्दीपले एल्बीडव्लु आउट गरेका थिए । टोलीका जोनाथन कार्टर ४२ र मिचेल स्याटनर ३५ रनमा अविजित रहे ।

सन्दीपले अन्य बलरको तुलनामा किफायती बलिङ प्रर्दशन गरे । उनले ४ ओभरमा २६ रन खर्चिएर १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जमैकाले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।

ओपनर चमेली ब्ल्याकउडले ७४ रन बनाउँदै जमैकालाई उत्कृष्ट सुरुवात दिलाएका थिए । आन्द्रे रसेलले ५४ रनको अर्धसतकीय ईनिङ्स खेल्दै जमैकालाई उच्च योगतर्फ अघि बढाएका थिए ।

तर अन्य ब्याट्सम्यान चल्न नसकेपछि जमैकाले मध्यम स्कोर मात्र बनाउन सक्यो । ग्लेन फिलिप्सले १७ रन बनाएका थिए ।

यसअघिनै सेमिफाईनलमा पुगेको जमैकाले लिग चरणमा एक खेल खेल्न बाँकी छ । जमैकाले अब सेमिफाइनलमा शीर्ष स्थानको ट्रिनबागो नाइट राइडर्ससंग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

सन्दीपले प्रतियोगितामा राम्रो बलिङ प्रर्दशन गर्दै ८ इनिङ्समा ११ विकेट लिन सफल भएका छन् ।

सम्बन्धित खवर