
एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले गत वर्षबाट सुरु गरेको यूईएफए नेसन्स लिग फुटबलमा फ्रान्स, पोर्चूगल, बेल्जियम र इङलेण्डले बिजयी सुरुवात गरेको छ ।
गएराति सम्पन्न नेसन्स लिग फुटबलमा फ्रान्सले स्विडेनलाई हराएको छ । समूह जेको खेलमा फ्रान्सले स्विडेनलाई १–० ले हराएको हो ।
फ्रान्सका जितमा केलियन एम्बाप्पेले ४१ औं मिनेटमा विजयी गोल गरे । उनले तीन डिफेन्डरलाई बिट गर्दै पोस्टको नजिकैबाटै गोल गरेका थिए ।

यसैगरि सोही समूहको अर्को खेलमा पोर्चुगलले क्रोएसियामाथि शानदार जित निकाल्यो । उसले क्रोएसियालाई ४–१ ले हरायो ।
साविक विजेता पोर्चुगलका लागि म्यान्चेष्टर सिटीका डिफेन्डर जोआओ क्यान्सिलो, उल्भ्सका मिडफिल्डर डिओगो जोटा र एटलेटिको मड्रिडका जोआओ फेलिक्सले गोल गर्दै ३–० ले अघि बढाएका थिए ।
दोस्रो हाफका ईन्जुरी समयमा स्विडेनका ब्रूनो पेटकोविकले एक गोल फर्काएका थिए । तर खेलको अन्तिम समयमा आन्द्रे सिल्भाले एक गोल गर्दै पोर्चुगललाई ४–१ को शानदार जित दिलाए ।
बेल्जियम र इङलेण्डको विजयी सुरुवात

यसैगरि गएराति भएको नेसन्स लिग फुटबलमा बेल्जियमले डेनमार्कलाई २–० ले हराएको छ ।
समूह बीको खेलमा गत विश्वकपको सेमिफाईनल खेलेको बेल्जियमले डेनमार्कबिरुद्ध सहज जित निकालेको हो ।
बेल्जियमको जितमा जेसन डेनियर र डेरिस मार्टेन्सले एक एक गोल गरे । डेनियरले नवौं मिनेटमा बेल्जियमलाई अघि बढाएका थिए । ७६ औं मिनेटमा नापोलीका मार्टेन्सले गोल गर्दै बेल्जियमको जित सुनिश्चित गरेका थिए ।

सोही समूहको अर्को खेलमा इङ्ल्याण्डले आइसल्याण्डमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो । खेलको अन्तिम समयमा पाएको पेनाल्टीमा रहिम स्टर्लिङले गोल गर्दै इङ्ल्याण्डलाई जित दिलाएका थिए ।
इंग्ल्यान्डका जोसेप गोमेजले होल्मबेर्ट आरोनलाई आफ्नो डिबक्सभित्र फल गरेपछि आयरल्याण्डले पेनाल्टीको अवसर पाएको थियो । तर, खेलको इन्जुरी समयमै बिर्किरले पेनाल्टीमा गोल गर्न नसक्दा घरेलु टिम स्तब्ध बन्यो ।
