नेसन्स लिग : जर्मनी, स्पेन, वेल्स र रुसको खेल हुदैं - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेसन्स लिग : जर्मनी, स्पेन, वेल्स र रुसको खेल हुदैं

एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले गत वर्षबाट सुरु गरेको यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत आज (आइतबार) विभिन्न १० खेलहरु हुँदैछ ।

नेसन्स लिगमा नेपाली समय अनुसार आइतबार राति १२ः३० मा लिग ’ए’ समूह ४ मा रहेको जर्मनीले स्विट्जरल्यान्डसँग स्विट्जरल्यान्डको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

स्विट्जरल्यान्डविरुद्ध मैदान उत्रदा जर्मनी पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा जर्मनीले स्पेनसँग १–१ गोलको बराबरी खेलेको थियो ।

पहिलो खेलमा हार व्यहोरेको स्विट्जरल्यान्ड पहिलो अंकको खोजीमा हुनेछ । पहिलो खेलमा स्विट्जरल्यान्ड युक्रेनसँग २(१ ले पराजित भएको थियो ।

यसैगरि नेपाली समय अनुसार राति १२ः३० ने हुने समूहको अर्को खेलमा स्पेनले युक्रेनसँग प्रतिस्पर्धा गर्नेछ ।

स्पेन पहिलो जितको खोजीमा हुनेछ । यस समूहको शीर्ष स्थानमा रहेको युक्रेन लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

यस्तै वेल्सले बुल्गेरियासँग खेल्नेछ । घरेलु मैदानमा वेल्स लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।

यसैगरि समूहको अर्को खेलमा आयरल्याण्ड र फिनल्याण्डबीच खेल हुनेछ । रुसले हंगेरीसँग उसैको मैदानमा खेल्नेछ ।

अन्य खेलमा ग्रिसले कोसोभो, सर्बियाले टर्की, माल्टाले लाट्भिया तथा एण्डोराले फारोई आइसल्याण्डसँग खेल्नेछ ।

सम्बन्धित खवर