सीपीएल : सन्दीपको जमैका सेन्ट लुसियासंग प्रतिस्पर्धा गर्दै - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सीपीएल : सन्दीपको जमैका सेन्ट लुसियासंग प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछान सम्मिलित जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट (सीपीएल)मा आज (आइतबार) समूह चरणको अन्तिम खेल खेल्दैछ ।

ट्रिनिडाड एन्ड टोबेगोमा अवस्थित ब्रायन लारा स्टेडियममा आज राति नेपाली समय अनुसार राति १२ बजे सुरु हुने समूह चरणको अन्तिम खेलमा जमैकाले सेन्ट लुसिया जोउक्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

सेमिफाइनल पुगिसकेको जमैका समूह चरणको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यमा हुनेछ । तर, अन्तिम खेलमा जित निकाले पनि जमैका तालिकाको चौंथो स्थानमा रहेर नै सेमिफाइनल पुग्नेछ ।

जमैका ९ खेलमा ७ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ । सेन्ट लुसिया ९ खेलमा १० अंक सहित तेस्रो स्थानमा रहेको छ ।

सन्दीपले ९ खेलमा ११ विकेट लिन सफल भईसकेका छन् ।

सम्बन्धित खवर