आईपीएल : उद्घाटन खेलमा मुम्बई र चेन्नई भिड्ने - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : उद्घाटन खेलमा मुम्बई र चेन्नई भिड्ने

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आइतबार १३ औं संस्करणको प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

खेल तालिका अनुसार सेप्टेम्बर १९ मा अबुधाबीमा हुने उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै दोस्रो दिन नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबसँग खेल्नेछ ।

कोरोना भाईरसको कारण आईपीएलको १३ औं संस्करण युएईमा आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म आयोजना हुनेछ ।

लिग चरणको २४ खेल दुबईमा हुनेछ । यस्तै २० खेल आबुधावी र १२ खेल सारजाहमा हुनेछ ।

प्ले अफ र फाइनल खेलको तालिका र भेन्यु भने सार्वजनिक गरिएको छैन ।

खेल तालिका हेर्न यहाँ क्लिक गर्नुहोस ।

सम्बन्धित खवर