सीपीएल : सन्दीपको १ विकेट, जमैका पराजित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सीपीएल : सन्दीपको १ विकेट, जमैका पराजित

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछान सम्मिलित जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट (सीपीएल)को लिग चरणको अन्तिम खेलमा पराजित बनेको छ ।

ट्रिनिडाड एन्ड टोबेगोमा अवस्थित ब्रायन लारा स्टेडियममा आईतबार लिग चरणको आफ्नो अन्तिम खेलमा जमैका सेन्ट लुसिया जोउक्ससंग ११ रनले पराजित बनेको हो ।

१ सय ४६ रनको लक्ष्य पछ्याएको जमैकाले ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो ।

ओपनर ग्लेन फिलिप्सले ४९ रन बनाएको इनिङ्समा जेमेन ब्ल्याकवुड र निकोलास किटोनले समान २५ रन बनाए । चाडविक वाल्टनले १० रन जोड्न सके ।

जाहिन खान र जेवलिन ग्लेनले समान ३–३ विकेट लिए । केसरिक विलियम्सले एक विकेट झारे ।

यसअघि पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

जमैकाका मुजिव उर रेहमानले २ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै १ मेडन ओभर सहित २० रन खर्चिएर १ विकेट लिएका हुन् ।

सन्दीपले समूह चरणका १० खेलमा १२ विकेट लिईसकेका छन् । जमैका यसअघिनै सेमिफाइनल प्रवेश गरिसकेको छ । जमैकाले अब पहिलो सेमिफाइनलमा मंगलबार ट्रिबागो नाइट राइडर्ससंग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित खवर