नेसन्स लिग : स्पेन र वेल्सको जीत, जर्मनीको बराबरी - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेसन्स लिग : स्पेन र वेल्सको जीत, जर्मनीको बराबरी

एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले गत वर्षबाट सुरु गरेको यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत अंशु फातीको कीर्तिमानी गोलमा स्पेनले युक्रेनलाई हराएको छ ।

आईतबार राति भएको खेलमा फातीले ९५ बर्षको पुरानो कीर्तिमान तोड्दै स्पेनका लागि सबैभन्दा कम उमेरमा सिनियर राष्ट्रिय टिमबाट गोल गर्ने खेलाडी बनेको खेलमा स्पेनले युक्रेनलाई ४–० ले हराएको हो ।

फातीले १७ बर्ष ३ सय ११ दिनको कम उमेरमा स्पेनका लागि सिनियर राष्ट्रिय टिमबाट गोल गर्न सफल भएका छन् ।

उनी च्याम्पियन्स लिगको इतिहास र स्पेनिस लिगमा समेत सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी हुन् ।

खेलमा अग्रता स्पेनले सर्जियो रामोसको दुई गोलमा लिएको थियो । तेस्रो मिनेटमा पेनाल्टीमा गोल गर्दै स्पेनलाई अघि बढाएका रामोसले २९ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई सहज अवस्थामा पुर्याएका थिए ।

खेल सकिन ६ मिनेट बाँकी रहदाँ फेरान टोरेसले भलिमार्फत स्पेनका लागि चौथो गोल गरेका थिए ।

वेल्सलको दोस्रो जित

यसैगरि आइतबार राति भएको खेलमा बुल्गेरियालाई १–० गोल अन्तरले पराजित गर्दै वेल्सले लगातार दोस्रो जित निकालेको हो ।

घरेलु मैदानमा वेल्सलाई जित दिलाउन निको विलियम्सले निर्णायक गोल गरे । कार्डिफ सिटी स्टेडियममा खेलको इन्जुरी समयमा विलियम्सले गोल गर्दै वेल्सलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।

जमर्नीको बराबरी

जर्मनी र स्विट्जरल्याण्डले नेसन्स लिग फुटबलमा आईतबार राति बराबरी खेल्दै अंक बाँडेका छन् ।

समूह डी अन्तर्गत स्विट्जरल्याण्डको बसेलमा दुवै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

नेसन्स लिगमा जर्मनी पहिलो जित दर्ता गर्न असफल छ । उसले समूह चरणको पहिलो खेलमा स्पेनसंग बराबरी खेलेको थियो ।

इन्के गुन्डोगनले खेलको १४ औं मिनेटमा २० यार्ड टाढाबाट गोल गर्दै जर्मनीलाई खेलमा अग्रता दिलाएका थिए ।

खेलको ५७ औं मिनेटमा सिल्वन विडमरले पेनाल्टी एरियाबाट गोल गर्दै स्विट्जल्याण्डका लागि बराबरी गोल फर्काए ।

सम्बन्धित खवर