नेसन्स लिग : इटाली र नर्वेको जीत - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेसन्स लिग : इटाली र नर्वेको जीत

एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले गत वर्षबाट सुरु गरेको यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत इटालीले नेदरल्याण्ड्समाथि जित निकालेको छ ।

सोमबार राति समूह बीको खेलमा इटालीले घरेलु टोली नेदरल्याण्ड्सलाई १–० ले हराएको हो ।

डच टिममाथि साँघुरो जित निकाल्दै इटाली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । इटालीको जितमा पहिलो हाफमा निकोलो बरेलाले हेडमार्फत एकमात्र गोल गरेका थिए ।

सोही समूहको अर्को खेलमा पोल्याण्डले बोस्निया हर्जगोभिनामाथि २–१ को जित निकाल्यो ।

नर्वेको शानदार जित

यसैगरि इर्लिङ हाल्याण्ड प्रेरित नर्वेले नेसन्स लिग फुटबलमा नर्दन आयरल्याण्डमाथि शानदार जित निकालेको छ ।

सोमबार राति वाइन्डर पार्कमा भएको खेलमा नर्वेले नर्दन आयरल्याण्डलाई ५–१ गोल अन्तरले हराएको हो ।

नर्वेको जितमा हाल्याण्डले दुई गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गरेका थिए । मोहम्मद एलौयोनौसीले खेलको दोस्रो मिनेटमा नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पेड्डी मेकनेयरले त्यसको तीन मिनेटपछि घरेलु टोली नर्दन आयरल्याण्डका लागि बराबरी गोल फर्काएका थिए ।

खेलको सातौं मिनेटमा हाल्याण्डले नर्वेलाई २–१ ले अघि बढाएका थिए । १९ औं मिनेटमा क्रिस्टल प्यालेसका फरवार्ड अलेक्जेन्डर सोरलाथले नर्वेलाई ३–१ को अग्रता दिलाए ।

दोस्रो हाफको दोस्रो मिनेटमै हाल्याण्डको क्रसलाई सदुपयोग गर्दै अलेक्जेन्डरले नर्वेको अग्रतालाई फराकिलो पारे ।

हाल्याण्डले ५८ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई ५–१ को शानदार जित दिलाए ।

सोही समूहको अर्को खेलमा रोमानियाले अष्ट्रियालाई ३–२ ले पराजित गर्यो ।

सम्बन्धित खवर