फ्रान्सेली फरवार्ड एम्बाप्पेलाई कोरोना - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फ्रान्सेली फरवार्ड एम्बाप्पेलाई कोरोना

एजेन्सी । फ्रान्सेली फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि भएको छ । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्डको कोरोना परिक्षणको क्रममा पोजेटिभ देखिएको हो ।

फ्रान्स फुटबल महासंघद्धारा जारी बिज्ञप्ती अनुसार यूईएफएद्धारा सोमबार गरिएको परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको छ । उनलाई प्रशिक्षणबाट अलग गरिएको छ ।

कोरोनाबाट संक्रमित बनेपछि एम्बाप्पेले मंगलबार राति नेसन्स लिगमा क्रोएसियाबिरुद्ध हुने खेल गुमाउनेछन् ।

२१ बर्षिया फरवार्डले नेसन्स लिगको पहिलो खेलमा स्विडेनलाई हराउने क्रममा एक गोल गरेका थिए ।

संक्रमित भएको पत्ता लागेपछि उनी टिम बाहिर रहेका छन् । उनलाई सोमबारनै घर पठाईएको छ ।फ्रान्सले घरेलु मैदानमा मंगलबार राति क्रोएसियासंग प्रतिस्पर्धा गर्दैछ ।

सम्बन्धित खवर