
एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछान सम्मिलित जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट (सीपीएल)मा जमैका तालावाजले फाइनल प्रवेशका लागि आज (मंगलबार) राति ट्रिन्बागो नाइट राइडर्ससंग प्रतिस्पर्धा गर्दैछ ।
ट्रिनिडाड एन्ड टोबेगोमा अवस्थित ब्रायन लारा स्टेडियममा मंगलबार नेपाली समय अनुसार राति ७स्४५ बजे सुरु हुने पहिलो सेमिफाइनलमा लिग चरणमा चौथो स्थानमा रहँदै सेमिफाइनल पुगेको जमैकाले शीर्ष स्थानको नाइट राइडर्ससँग प्रतिस्पर्धा लागेको हो ।

पहिलो सेमिफाइनल खेलको विजेताले फाइनलमा स्थान बनाउने छ । दोस्रो सेमिफाइनलमा गुएना अमेजन वारियार्स र सेन्ट लुसिया जोउक्स भिड्ने छन् । दोस्रो सेमिफाइनल बुधबार हुनेछ ।
लिग चरणमा जमैकाले १० खेलमा ३ जित निकाल्दै ७ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको थियो । यता नाइट राइडर्स भने प्रतियोगितामा अपराजित रहेको छ ।
नेपालका ग्लोबल आइकन सन्दीपले लिग चरणको १० खेल खेल्दै ९ इनिङस बलिङ गर्दा १२ विकेट लिन सफल भएका छन् ।

निकै राम्रो इकोनमिमा बलिङ गर्दै आएका सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पाचौं स्थानमा छन् ।