सीपीएल : सन्दीपको जमैका सेमिफाइनलमा पराजित - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सीपीएल : सन्दीपको जमैका सेमिफाइनलमा पराजित

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट (सीपीएल)को पहिलो सेमिफाइनलमा पराजित भएको छ ।

ट्रिनिडाड एन्ड टोबेगोमा अवस्थित ब्रायन लारा स्टेडियममा मंगलबार मंगलबार राति भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएको हो ।

जमैकाले दिएको दिएको १ सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।

ट्रिनबागोको जितमा लेन्ड्ल सिमोन्सले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले । यसैगरि टिओन वेब्स्टर ४४ रनमा अविजित रहे । सुनिल नारिन ४ रनमा आउट भए । जमैकाका मुजिब उर रहमानले १ विकेट लिए ।

सन्दीपले ४ ओभर बलिङ गर्दै २९ रन खर्चिए । तर, सन्दीप विकेट लिन असफल भए । सन्दीपले यस सिजन ११ खेलमा कुल १२ विकेट लिन सफल भए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।

ट्रिनबागोविरुद्ध खराब ब्याटिङ गरेको जमैकाका लागि एनक्रुमाह बोनेरले सर्वाधिक ४१ रन बनाए । यसैगरि कप्तान रोभम्यान पोवेलले ३३ रन बनाए । कार्लोस ब्रेथवेट १३ रनमा अविजित रहे ।

जमैकालाई सस्तैमा समेट्न ट्रिनबागोका जेरोमी होसिनले ३ विकेट लिए । खारी पेरीको नाममा २ विकेट रह्यो ।

यसैगरि बुधबार बिहान भएको क्यारेबियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट (सीपीएल)को दोश्रो सेमीफाइनलमा सेन्ट लुसिया जुक्सले गायना अमेजन वारियर्सलाई १० विकेटले पराजित गर्दै लिगको फाइनलमा स्थान बनाएको छ ।

सेन्ट लुसिया लिग इतिहासमै पहिलो पटक फाइनल पुग्न सफल भएको हो । योसंगै फाइनल खेलमा सेन्ट लुसिया जुक्सले काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्ससंग प्रतिस्पर्धा गर्नेछ ।

सेन्ट लुसिया जुक्स र ट्रिनबागो नाइट राइडर्सबिचको फाइनल खेल बिहीबार हुनेछ ।

सम्बन्धित खवर