झापामा एकै परिवारका १० जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा एकै परिवारका १० जनामा कोरोना संक्रमण पुष्टि


झापा ।
झापाको कनकाई नगरपालिका ३ स्थित एक परिवारका सबै सदस्यमा कोरोना पुष्टि भएको छ ।

१० जना भएको सो परिवारका सबै जनामा कोरोना संक्रमण पुष्टि भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए ।

प्रमुख पोखरेलका अनुसार १४ वर्षको नातिदेखि ८४ वर्षकी हजुरआमालाई कोरोना पुष्टि भएको छ । घरमा सबैलाई कोरोना संक्रमण लागेपछि कनकाई नगरपालिकाले होम आइसोलेसनमा रहेकालाई घरमै खाद्यान्न सामग्री पु¥याएको छ । नगरप्रमुख पोखरेलले स्वयमले खाद्यान्न सामग्री पु¥याएका हुन् ।

कनकाई नगरपालिकामा समुदाय स्तरमा कोरोना फैलिएको छ । यो नै झापामा एकैघरका यतिका सदस्यमा कोरोना पुष्टि भएको पहिलो घटना हो ।

सबभन्दा बढी वडा नम्बर ३ प्रभावित भएको नगरपालिकाले जनाएको छ । कनकाई नगरपालिकामा हालसम्म ४८ जना कोरोना संक्रमित भएका छन् ।

तीमध्ये ८ जना होमआइसोलेसन छन् । १ जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अर्का १ जना इलाम नगरपालिकाले स्थापना गरेको नगरस्तरीय आइसोलेसनमा रहेको पोखरेलले बताए ।

सम्बन्धित खवर