सीपीएलको उपाधि ट्रिनबागो नाइट राइडर्सलाई - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सीपीएलको उपाधि ट्रिनबागो नाइट राइडर्सलाई

एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि ट्रिनबागो नाइट राइडर्सले चुमेको छ ।

ट्रिनिडाड एन्ड टोबेगोमा अवस्थित ब्रायन लारा क्रिकेट स्टेडियममा बिहीबार भएको फाइनलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले पराजित गर्दै ट्रिनबागोले उपाधि चुमेको हो ।

ट्रिनबागोले अपराजित रहदै उपाधि जितेको हो । यो संगै ट्रिनबागोले तेस्रो पटक सीपीएलको उपाधि जितेको छ ।

सेन्ट लुसियाले दिएको १ सय ५५ रनको लक्ष्य ट्रिनबागोले १८ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

ट्रिनबागोको जितमा लेन्डेल सिमोन्सले अविजित रहदै ८४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै डरेन ब्राभोले पनि अविजित रहदै ५८ रनको आर्शशतकीय इनिङ्स खेले ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ५४ रन बनाएको थियो ।

सेन्ट लुसियाका आन्द्रे फलेट्चरले ३९ रन जोड्दा मार्क डियालले २९ रन जोडे । यसैगरि नाजिबउल्लाह जाड्रनले २४ र रोस्टन चेसले २२ रन बनाए ।

ट्रिनबागोका केइरन पोलार्डले ४ विकेट लिए । अली खान र फावाद अहमेदले २/२ विकेट लिए ।

यसैगरि नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट (सीपीएल)को पहिलो सेमिफाइनलमा ट्रिनबागोसंग पराजित भएको थियो ।

सम्बन्धित खवर