देशभरबाट थप ११७० कोरोना संक्रमित, कुल संक्रमित ५५ हजार नाघ्यो - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभरबाट थप ११७० कोरोना संक्रमित, कुल संक्रमित ५५ हजार नाघ्यो


काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५५ हजार नाघेको छ ।

सोमबार १ हजार १ सय ७० जना थपिए संगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १० हजार ८ सय ७८ जनामा गरिएको परिक्षमा आइतबार १ हजार १ सय ७० जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ सय ७९ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै ३९ हजार ५ सय ७६ जना उपचारपछि निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या ३ सय ६० पुगेको छ ।

सम्बन्धित खवर