सोमबार एकै दिन थप १५ जना कोरोना संक्रमितको मृत्यु - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सोमबार एकै दिन थप १५ जना कोरोना संक्रमितको मृत्यु


काठमाडौ । कोरोना भाइरसको संक्रमणका कारण सोमबार थप १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंका ६१ वर्षीया महिला, ६२, ७०, ७३, ७७, ८५ वर्षीय पुरुष, ललितपुरका ५५ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुष गरि ८ जनाको मृत्यु भएको छ ।

त्यस्तै मोरङका ४० र ७० वषिय पुरुष, र रामेछापको २३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यसैगरी नवलपरासीका ६२ वर्षीय महिला, पर्सा ५५ वर्षिय महिला, गोरखाका ६३ वर्षिय महिला र कपलिवस्तुका ४७ वर्षिय महिला रहेका छन ।

यससंगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ ।

सम्बन्धित खवर