नेपालमा थप ११ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप ११ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरि थप ११ जनाको कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु भएको छ ।

यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थपिएका ११ जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ७१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा थपिएका १ हजार ४ सय ५९ जनासहित देशभर संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ४० हजार ६ सय ३८ जना उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित खवर