इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको अन्तिम तथा निर्णायक एकदिवसीय क्रिकेट आज - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको अन्तिम तथा निर्णायक एकदिवसीय क्रिकेट आज

एजेन्सी । इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट हुँदैछ ।

आज (बुधबार) म्यानचेस्टरमा अवस्थित ओल्ड ट्राफोर्डमा हुने अन्तिम एकदिवसीय क्रिकेट नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।

अन्तिम खेल निर्णायक हुने भएकोले दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । अघिल्ला दुई खेलमा दुबै टिमले एक एक पटक जित निकालेका छन् ।

पहिलो खेलमा अष्ट्रेलियाले १९ रनको जित निकालेको थियो । तर, दोस्रो खेलमा इंग्ल्यान्डले २४ रनको जित निकालेको थियो ।

दुबै टिम सिरिज जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । तीन खेलको सिरिज १–१ को बराबरीमा रहेको छ । अन्तिम खेल जित्नेले सिरिज आफ्नो बनाउने छन् ।

यस अघि इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्धको टी(ट्वान्टी सिरिज समेत २–१ ले जितिसकेको छ ।

सम्बन्धित खवर