कप्तान मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कप्तान मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

एजेन्सी । कप्तान लियोनल मेस्सीले दुई गोलको मद्दतले मैत्रीपूर्ण क्लब फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले जिरोनालाई हराउदै सहज जित निकालेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले अर्को स्पेनिस क्लब जिरोनालाई ३–१ गोल अन्तरले हराउदै सहज जित निकालेको हो ।

जोहान क्रुफ स्टेडियममा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने फिलिप कौटिन्होले एक गोल थपे । यसैगरि जिरोनाका सामुएल सैजले एक गोल फर्काए ।

खेलको २१ औं मिनेटमा कौटिन्होले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यसैगरि खेलको ४५ औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीको अग्रता २–० को बनाए ।

त्यसको एक मिनेट पछि नै सामुएलले गोल गर्दै खेल २–१ को बनाए । त्यसपछि खेलको ५१ औं मिनेटमा कप्तान मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–१ को सहज जित दिलाए ।

सम्बन्धित खवर