बुन्डेसलिगा : बायर्नको सानदार जित सुरुवात - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बुन्डेसलिगा : बायर्नको सानदार जित सुरुवात

एजेन्सी । साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा सानदार जित सुरुवात गरेको छ ।

शुक्रबार राति भएको खेलमा बायर्नले साल्केलाई ८–० गोल अन्तरले पराजित गर्दै सानदार जित सुरुवात गरेको हो ।

घरेलु मैदानमा बायर्नलाई जित दिलाउन सेर्जी गनाब्रीले ह्याट्रिक गरे । यसैगरि लियोन गोर्टेज्का, रोबर्ट लेवान्डोस्की, थोमस मुलर, लोरी साने, जामल मुसिलाले एक एक गोल गरे ।

खेलको चौंथो मिनेटमा गनाब्रीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको १९ औं मिनेटमा गोर्टेज्काले गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाए ।

खेलको ३१ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दा पहिलो हाफमा बायर्न ३–० ले अघि रह्यो ।

खेलको दोस्रो हाफमा ४७ औं मिनेटमा गनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्न ४–० ले अघि रह्यो ।

यसैगरि ५९ औं मिनेटमा गनाब्रीले ह्याट्रिक पुरा गर्दा बायर्न ५–० ले अघि रह्यो । ६९ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नको अग्रता ६–० को बन्यो ।

खेलको ७१ औं मिनेटमा डेब्यु खेलाडी सानेले गोल गर्दै बायर्नलाई ७–० को अग्रता दिलाए । त्यसपछि खेलको ८१ औं मिनेटमा मुसिलाले गोल गर्दै बायर्नलाई ८–० को जित दिलाए ।

सम्बन्धित खवर