आईपीएल : १३ औं संस्करण आजबाट, मुम्बई र चेन्नई भिड्दै - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : १३ औं संस्करण आजबाट, मुम्बई र चेन्नई भिड्दै

एजेन्सी । क्रिकेटको महासंग्राम इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १३ औं संस्करण सुरु हुँदैछ ।

आज (शनिबार) बाट युएईको अबुधाबीमा सुरु हुने इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १३ औं संस्करणमा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्सबीचको प्रतिष्पर्धा हुनेछ ।

शेख जायद स्टेडियममा हुने मुम्बई र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई र महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ ।

सम्बन्धित खवर