
एजेन्सी । जोआन गाम्पर ट्रफीको उपाधि बार्सिलोनाले जितेको छ ।
शनिबार राति भएको खेलमा एल्चेलाई १–० गोल अन्तरले पराजित गर्दै जोआन गाम्पर ट्रफीको उपाधि बार्सिलोनाले जितेको हो ।
क्याम्पनाउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन खेलको दोस्रो मिनेटमै एन्टोनियो ग्रिजम्यानले निर्णायक गोल गरे ।

यससँगै बार्सिलोनाले आठौं पटक जोआन गाम्पर ट्रफी जितेको छ । बार्सिलोनाले नयाँ सिजन अघिको तयारी स्वरूप जोआन गाम्पर ट्रफीको आयोजना गर्ने गर्छ ।
बार्सिलोनाले यस ट्रफीसँगै नयाँ सिजनको तयारी समेत पुरा गरेको छ ।