आईपीएल : चेन्नईको सुखद विजयी सुरुवात - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : चेन्नईको सुखद विजयी सुरुवात

एजेन्सी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक उपविजेता चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ ।

शनिबार युएईको अबुधाबीमा अवस्थित शेख जायद स्टेडियममा भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले सुखद सुरुवात गरेको हो ।

मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

चेन्नईको जितमा अम्बाती रायाडुले ७१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । यस्तै फाप डु प्लेसिसले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।

साम करनले १८ तथा रबिन्द्र जडेजाले १० रन जोड्दा कप्तान महेन्द्र सिंह धोनी सुन्य रनमा अविजित रहे ।

मुम्बईका ट्रेन्ड बोल्ट, जेम्स प्याटीनसन, जस्प्रित बुम्राह, हार्दिक पाण्डय र राहुल चाहरले १र१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

मुम्बईका लागि सौरभ तिवारीले ४२ रन बनाउदा क्विनटन डी ककले ३३ रन बनाए । केइरन पोलार्डले १८ रन जोडे । यसैगरि कप्तान रोहित शर्मा १२, सूर्यकुमार यादब १७ तथा हार्दिक पाण्डयले १४ रन बनाए ।

चेन्नईका लुंगी एनजिडीले ३ विकेट लिए । यस्तै रबिन्द्र जडेजा र दिपक चाहरले २र२ विकेट लिए । साम करण र पियुस चावालाको नाममा १र१ विकेट रह्यो ।

सम्बन्धित खवर