आईपीएल : सन्दिपको दिल्ली र पञ्जाब भिड्दै - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : सन्दिपको दिल्ली र पञ्जाब भिड्दै

एजेन्सी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो खेलमा दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पञ्जाबबीच प्रतिस्पर्धा हुदैछ ।

आज (आईतबार) नेपाली समय अनुसार ७ :४५ बजे दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा सूरु हुने आईपीएलमा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पञ्जाबबीच प्रतिस्पर्धा हुने भएको हो ।

दिल्लीलाई अनुभवी स्पिनरका कारण बलियो मानिएको छ । दिल्लीमा सन्दिपको अलावा रविचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेल जस्ता अनुभवी स्पिनर रहेका छन् ।

सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) सकेर आईपीएल खेल्न दुबई पुगेका हुन् । उनी दिल्लीको प्रशिक्षणमा समेत सहभागी बनेका छन् ।

सन्दीप प्लेइङ सेटमा बनाउने स्थान र उनको प्रर्दशनमा नेपाली खेल प्रशंसकको खास नजर रहनेछ ।

किंग्स इलेभेन पञ्जाबलाई अनिल कुंबलले नेतृत्व गर्नेछन् भने दिल्ली क्यापिटल्स रिकी पोन्टिङ्गको योजनामा मैदान उत्रनेछ ।

दिल्लीको ब्याटिङ्ग लाइनमा युवा स्टार पृथ्वी शा सहित ऋषभ पन्त, शिखर धवन सहित वेस्ट इन्डिजका सिमरन हेटमेयर सामेल हुनेछन् ।

यसैगरि पञ्जाबमा क्रिस गेल सहित ग्लेन म्याक्सवेल जस्ता ठुला सट प्रहार गर्ने खेलाडी रहेका छन् ।

उद्घाटन खेलमा चेन्नेइ सुपर किङ्ग्सले मुम्बइ इन्डियन्सलाई हराउँदै विजयी सुरुवात गरेको थियो ।

सम्बन्धित खवर