आईपीएल : सन्दिप सम्मिलित दिल्लीको विजयी सुरुवात - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : सन्दिप सम्मिलित दिल्लीको विजयी सुरुवात

एजेन्सी । १३ औं संस्करण इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबलाई हराउदै विजयी सुरुवात गरेको छ ।

आइतबार राति दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले सुपर ओभरको खेलमा पञ्जाबलाई हराउदै विजयी सुरुवात गरेको हो ।

सुपर ओभरमा पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनायो । केएल राहुल २ र निकोलस पुरन शुन्य रनमा आउट भए ।

कागिसो राबाडाले २ विकेट लिएका थिए । दिल्लीले तीन बलमा लक्ष्य पुरा गर्यो । दिल्लीका ऋषभ पन्तले विजयी रन प्रहार गरे ।

यसअघि, दिल्लीले जितका लागि पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पञ्जाबले ८ विकेट गुमाएर १ सय ५७ रन बनायो ।

पञ्जाबका लागि मयंक अग्रवालले ८९ रनको शानदार पाली खेलेका थिए । ओपनर केएल राहुलले २१, कुष्णप्पा गौतमले २० र सर्फराज खानले १३ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

दिल्लीका लागि कागिसो राबाडा, रविचन्द्रन आश्विन र मार्कुस स्टोनिसले समान २–२ विकेट लिए । मोहित शर्मा र अक्षर पटेलले १–१ विकेट लिए ।

यसअघि, पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको दिल्लीको इनिङ्स मध्यक्रमका ब्याट्सम्यानले केही उकासेका थिए । दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित ५३ रनको पाली खेलेका थिए ।

दिल्ल्ीका लागि कप्तान श्रेयस ऐयरले ३९ तथा ऋषभ पन्तले ३१ रन बनाए । ओपनर पृथ्वी शलाई ५ र शिखर धावनलाई शुन्य रनमा गुमाएपछि दिल्ली दबाबमा परेको थियो ।

तेस्रो नम्बरका ब्याट्सम्यान सिमरोन हेटिमर ७ रनमा आउट भएका थिए । यसैगरि रविचन्द्रन आश्विन ४ र अक्षर पटल ६ रनमा पेविलियन फर्किएका थिए ।

दिल्लीबिरुद्ध पञ्जाबका बलरले उत्कृष्ट प्रर्दशन गरे । मोहमद सामीले ४ ओभरमा मात्र १५ रन खर्चिएर ३ विकेट लिए । यसैगरि सेल्डन काटरेलले २ तथा रवि बिश्रोइले १ विकेट हात पारे ।

दिल्लीले आईपीएलको पहिलो खेलमा नेपालका लेग स्पिनर सन्दीपलाई बेन्चमा राखेको थियो ।

सम्बन्धित खवर