
एजेन्सी । नेपाली क्रिकेट टिमका लेग स्पीनर सन्दपि लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ ।
शुक्रबार राती युएईमा भएको खेलमा चेन्नई सुपरकिंग्सलाई ४४ रनले पराजित गर्दै दिल्ली लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिगमा दिल्लीको यो लगातार दोस्रो जित हो । इन्डीयन टिमका पुर्व कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नइको प्रतियोगितामा लगातार दोस्रो हार हो ।
दिल्लीसँग हार ब्यहोरेपछि चेन्नई यतिखेर तालिकाको पाचौं स्थानमा झरेको छ । दिल्लीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चेन्नइले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३१ रन मात्रै बनाउन सक्यो । उसका लागि फाप डुप्लिसिसले सर्वाधिक ४३ रन बनाए । दिल्लीका लागि कागिसो राबाडाले तीन विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ३ विकेट गुमाएर १७५ रन जोडेको थियो ।
बलियो शुरूवात गरेको दिल्लीका लागि शिखर धवन र पृथ्वी शाले पहिले विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए । शिखर धवन २७ बलमा ३५ रन बनाउँदै आउट भए । टिमको स्कोर १०३ रन पुग्दा पृथ्वी पनि व्यक्तिगत अर्धशतकीय पारी खेलेर ६४ रन बनाउँदै पेभेलियन फर्किए । त्यसपछि विकेटकिपर, व्याट्स्म्यान ऋषभ पन्त र कप्तान श्रीयस ऐयरले ५८ रनको साझेदारी गरे । टिमको स्कोर १६१ रन हुँदा ऐयर २६ रन बनाएर आउट भए । ऋषभ पन्त ३७ रनमा नटआउट रहे । चेन्नाईका पिउस चावलाले दिल्लीको २ विकेट लिए ।
शनिवार कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच प्रतिष्पर्धा हुनेछ ।