ला लिगा : रियल मड्रिडको संघर्षपूर्ण जित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : रियल मड्रिडको संघर्षपूर्ण जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले संघर्षपूण जित हात पारेकोे छ ।

रियल वेटिसको घरेलु मैदानमा शनिबार राति रियल मड्रिडले रियल बेटिसबिरुद्ध ३–२ को जित हात पारेको हो ।

स्पेनिस लिगको नयाँ सिजनमा रियल मड्रिडले पहिलो जित हात पारेको हो । भाल्भर्डेको गोलमा रियलले खेलमा अग्रता बनाएको थियो ।

मान्डेले ३५ औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए । त्यसको दुई मिनेटपछि विलियम कार्भाल्होले बेटिस क्लबलाई खेलमा अग्रता दिलाएका थिए ।

लिटी डी सुजा जुनियरको आत्मघाति गोलसंगै मड्रिड क्लब पुन खेलमा फर्किएको थियो । खेल सकिन ८ मिनेट अघि सर्जियो रामोसको पेनाल्टी गोलमा रियलले जित दर्ता गरेको हो ।

जित संगै रियल मड्रिडले २ खेलबाट तालिकामा ३ अंक जोडेको छ ।

गए रातिनै भएका अन्य खेलमा रियल सोसिडाडले इल्चेमाथि ३–० को जित दर्ता गर्यो । गेटाफेले आल्भेससंग र भ्यालेन्सियाले ह्युस्कासंग बराबरी खेल्दै अंक बाँडे ।

बार्सिलोनाले आईतबार राति भिल्ला रियलसंग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ ।

सम्बन्धित खवर