ला लिगा : बार्सिलोना सिजनको पहिलो खेल खेल्दै - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : बार्सिलोना सिजनको पहिलो खेल खेल्दै

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सिजनको पहिलो खेल खेल्दैछ ।

आज (आइतबार) बार्सिलोनाले सिजनको पहिलो खेलमा भिल्ला रियलसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

क्याम्प नाउमा हुने बार्सिलोना र भिल्लाबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यान भिल्लाविरुद्ध डेब्युमा बार्सिलोनालाई उत्कृष्ट जित दिलाउने लक्ष्यका साथ खेलाडीलाई मैदानमा उतार्ने छ ।

गत सिजन क्लबले उपाधि जित्न नसकेपछि बार्सिलोनाले क्वेक सेटिनलाई बर्खास्त गर्दै डच प्रशिक्षकलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।

कप्तान लियोनल मेस्सीसँगै युवा स्टार अन्सु फातीसहित मैदान उत्रने बार्सिलोनाको टिम बलियो समेत रहेको छ ।

बार्सिलोनासँग एन्टोनियो ग्रिजम्यान, डी जोङ, पिके जस्ता खेलाडीको साथ समेत रहनेछ । तर, बलियो टिम भिल्लाविरुद्ध बार्सिलोनालाई जित निकाल्न सहज भने हुने छैन ।

ला लिगा अन्तर्गत एट्लेटिको मड्रिडले घरेलु मैदानमा ग्रानडासँग खेल्नेछ । यसैगरि ओसासुनाले लेभान्टे, आइबरले एथ्लेटिक बिल्बाओ, सेभियाले काडिज र सेल्टा भिगोले रियल भालाडोलिटसँग खेल्नेछ ।

सम्बन्धित खवर