ला लिगा : बार्सिलोनाको सुखद सुरुवात - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : बार्सिलोनाको सुखद सुरुवात

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लिगको नयाँ सिजनको पहिलो खेलमा सानदार जित निकाल्दै सुखद सुरुवात गरेको छ ।

आइतबार राति क्याम्प नाउमा भएको पहिलो खेलमा भिल्ला रियललाई ४–० गोलले पराजित गर्दै नयाँ सिजनको सुखद सुरुवात गरेको हो ।

खेलको १५औं मिनेटमा अंशु फातीले जोर्डी अल्बाको पासमा पहिलो गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

त्यसको चार मिनेपछि फिलिप कौटिन्होको पासमा फातीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

यसैगरि खेलको ३५ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाएका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा टोरेसले आत्मघाति गोल गरेपछि बार्सिलोना दोस्रो हाफ खेल्नु अघिनै ४–० जित नजिक पुगेका थिए ।

यो संगै मेस्सी ला लिगाका फरक १७ सिजनमा गोल गर्ने छैटौ खेलाडी बने । शनिबार मात्र रियल मड्रिडका सर्जियो रामोसले सो सफलता हात पारेका थिए ।

बार्सिलोनाका जितमा अंशु फातीले उत्कृष्ट प्रर्दशन गरे । भिल्ला रियलले खेलको अन्तिम मिनेटमा बार्सिलोनाको पोस्टमा गतिलो प्रहार गरेपनि गोल गर्न भने सफल भएन ।

प्रशिक्षक रोनाल्ड कोम्यानले समेत सहज जित सहित ला लिगाको नयाँ सिजनको सुरुवात गरेका छन् ।

सम्बन्धित खवर