आईपीएल : सुपर ओभरमा बैंगलोरको रोमान्चक जित - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : सुपर ओभरमा बैंगलोरको रोमान्चक जित

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले सुपर ओभरमा रोमान्चक जित निकाल्दै दोस्रो जित हात पारेको छ ।

सोमबार राति दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा हराउदै बैंगलोरले दोस्रो जित हात पारेको हो ।

टस जितेर पहिले फिल्डिङ रोजेको मुम्बईले बैंगलोरले दिएको २ सय २ रनको लक्ष्य २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

खेल टाई भएपछि सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनायो । बैंगलोरले बिना विकेटको क्षति ११ रन बनायो ।

सुपर ओभर अघि मुम्बईका लागि इशान किशनले ९९ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यसैगरि केइरन पोलार्डले अविजित रहदै ६० रन बनाउदा कप्तान रोहित शर्मा ८ रन, हार्दिक पाण्डय १४ र क्विनटन डी कक १४ रनमा आउट भए ।

बैंगलोरका इशुरु उडानाले २ विकेट लिदा एडम जाम्पा, वासिंगटन सुन्दर र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो ।

बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ५५ रन, पाडीक्कलले ५४ रन र फिन्चले ५२ रनका अर्धशतकीय इनिङ्स खेले ।

यसैगरि शिबम डुबे २७ रनमा अविजित रहदा कप्तान विराट कोहली भने ३ रनमा आउट भए ।

मुम्बईका ट्रेन्ट बोल्टले २ तथा राहुल चाहरले १ विकेट लिए ।

जितसँगै बैंगलोरले ३ खेलमा ४ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा उक्लिएको छ । मुम्बईको भने यो दोस्रो हार हो । मुम्बईले ३ खेलमा २ अंक जोडेको छ ।

सम्बन्धित खवर