प्रिमियर लिग : लिभरपुलको लगातार तेस्रो जित - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रिमियर लिग : लिभरपुलको लगातार तेस्रो जित

एजेन्सी । प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले आर्सनललाई हराउदै लगातार तेस्रो जित हात पारेको छ ।

सोमबार राति एनफिल्डमा लिभरपुलले आर्सनललाई ३–१ गोल अन्तरले हराएउदै लगातार तेस्रो जित हात पारेकोे हो ।

लण्डन क्लबविरुद्ध जित निकाल्दै लिभरपुलले नयाँ सिजनमा समेत शतप्रतिशत जितको नतिजालाई कायम राखेको छ ।

एन्ड्रयु रोबर्टसनको गल्तीको फाइदा उठाउँद एलेक्जेन्डर लाकाजेट्टीले २५ औं मिनेटमा गोल गर्दै लण्डन क्लबआर्सनललाई खेलमा अग्रता दिलाएका थिए

त्यसको तीन मिनेटपछि लिभरपुलका लागि साडियो मानेले गोल गर्दै खेल बराबरीमा ल्याए । यसैगरि रोबर्टसनले ३४ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

खेल सकिन दुई मिनेट अघि यसै सिजन लिभरपुल आएका फरवार्ड डियोगो जोटाले एनफिल्ड क्लबका लागि तेस्रो गोल गरे ।

सम्बन्धित खवर