आईपीएल : हैदराबादको पहिलो जितमा दिल्ली पराजित - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : हैदराबादको पहिलो जितमा दिल्ली पराजित

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित हात पारेको छ ।

मंगलबार राति शेख जायद स्टेडियम अबुधाबीमा भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले पहिलो जित हात पारेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि शिखर धवनले ३४ तथा ऋषब पन्तले ३२ रन बनाउदा शिम्रन हिटमायरले २१ रन तथा कप्तान श्रेयस आयरले १७ रन बनाए ।

कागिसो राबडा १५ रनमा अविजित रहे । यसैगरि दिल्लीलाई सस्तैमा समेट्न राशिद खानले ३ विकेट तथा भुवनेश्वर कुमारले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

हैदराबादका लागि जोनी बेयर्स्टोले ४८ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान डेभिड वार्नरले ४५ रन जोड्दा केन विलियम्सनले ४१ रन बनाए भने अब्दुल समाद १२ रनमा अविजित रहदा मनिस पाण्डे ३ रनमा आउट भए ।

दिल्लीका अमित मिश्रा र कागिसो राबडाले २र२ विकेट लिए ।

जितसँगै हैदराबादले ३ खेलमा २ अंक जोडेको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्लीको यो पहिलो हार हो ।

सम्बन्धित खवर