कारबाओ कप : टोटेनहमसंग चेल्सी पराजित - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कारबाओ कप : टोटेनहमसंग चेल्सी पराजित

एजेन्सी । लण्डन क्लब चेल्सी कारबाओ कपको चौथो चरणको खेलमा टोटेनहम हर्ट्सपरसंग पराजित भएकोे छ ।

मंंगलबार राति भएको खेलमा निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि टोटेनहमसंग पेनाल्टी सुटआउटमा चेल्सी ५–४ ले पराजित भएको हो ।

पछिल्ला ९ पेनाल्टीमा सफल भएका चेल्सीका मासन माउन्ट मंगलबार राति भने पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

जितसंगै टोटेनहम प्रतियोगिताको क्वार्टरफाईनल प्रवेश गरेको छ ।

खेलमा अग्रता चेल्सीले १९ औं मिनेटमा टिमो वार्नरको गोलमा लिएको थियो । तर खेल सकिन ७ मिनेट अघि इरिक लामिलाले गोल गर्दै टोटेनहमलाई खेलमा फर्काएका थिए ।

सम्बन्धित खवर