
एजेन्सी । जर्मन सुपर कप फुटबलको उपाधि बायर्न म्युनिख हात पारेको छ ।
बुधबार राति भएको फाइनलमा चिरपरिचित प्रतिद्वन्दी बोरुसिया डर्टमण्डलाई ३–२ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि हात पारेको हो ।
बायर्नलाई सिजनको पहिलो उपाधि दिलाउन कोरेन्टिन टोलिसो, थोमस मुलर र जोसुवा किमिचले एक एक गोल गरे ।
डर्टमण्डका जुलियन ब्रान्ड र एर्लिङ हालान्डले एक एक गोल फर्काए । बायर्नको यो सिजनको दोस्रो उपाधि हो ।

यसअघि बायर्नले दुई साताअघि स्पेनिस क्लब सेभियालाई २–१ ले पराजित गर्दै युइएफए सुपर कपको उपाधि जितेको थियो ।