ला लिगा : बार्सिलोना र सेल्टा प्रतिस्पर्धा गर्दै - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : बार्सिलोना र सेल्टा प्रतिस्पर्धा गर्दै

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली समय अनुसार आज (बिहीबार) राति १ः१५ बजे सुरु हुने सिजनको दोस्रो खेलमा बार्सिलोनाले सेल्टासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सेल्टाको घरेलु टोलिविरुद्ध मैदान उत्रदा बार्सिलोना लगातार दोस्रो जितको खोजीमा हुनेछ । यस अघि सिजनको पहिलो खेलमा बार्सिलोनाले भिल्ला रियललाई ४–० ले हराएको थियो ।

सेल्टाविरुद्ध बार्सिलोना उक्त जितलाई कायम राख्ने लक्ष्यमा हुनेछ । तर, घरेलु टोलीलाई हराउन बार्सिलोनालाई सहज भने हुने छैन ।

ला लिगा अन्तर्गत नै सेभियाले लेभान्टेसँग र एथ्लेटिक बिल्बाओले काडिजसँग खेल्नेछ ।

सम्बन्धित खवर