ला लिगा : बार्सिलोनाको लगातार दोस्रो जित - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : बार्सिलोनाको लगातार दोस्रो जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा अंशु फाती चम्किदा बार्सिलोनाले लगातार दोस्रो जित निकालेको छ ।

बिहिबार राति बार्सिलोनाले सेल्टा डी भिगोलाई उनकै होम ग्राउन्डमा ३–० गोल अन्तरले हराउदै लगातार दोस्रो जित निकालेको हो ।

खेलको ११ औं मिनेटमा फिलिप कौटिन्होको पासलाई सदुपयोग गर्दै फातीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

१७ वर्षिया फरवार्डले ला लिगामा १० गोल पुरा गरेका छन् । यस सिजनको सुरुवाती पहिलो खेलमा फातीले बार्सिलोनाका लागि दुई गोल गरेका थिए

पहिलो हाफमै बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो । ४२ औं मिनेटमा क्लेमेन्ट लेन्गलेट दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएका थिए ।

५२ औं मिनेटा लुकास ओलजाको आत्मघाति गोलसंगै बार्सिलोना २–० ले अघि बढेको थियो ।

दोस्रो हाफको इन्जुरी समयमा सेर्गी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए । जित संगै बार्सिलोनाले लिगको सुरुवाती २ खेलबाट ६ अंक जोडेको छ ।

सम्बन्धित खवर