यूईएफए च्याम्पियन्स लिग : समूह चरणको ड्र सार्वजनिक - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यूईएफए च्याम्पियन्स लिग : समूह चरणको ड्र सार्वजनिक

एजेन्सी । युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ ।

बिहीबार राति यूईएफएले नयाँ सिजनको लागि च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको हो ।

यूईएफएले निकालेको ड्र अनुसार लियोनल मेस्सीको बार्सिलोना र क्रिस्टियानो रोनाल्डोको टिम युभेन्ट्स समूह चरणमै खेल्ने भएका छन् ।

समूह ‘जी’ मा बार्सिलोना र युभेन्ट्ससँगै डाइनामो किभ र फेरेन्सभारेस रहेका छन् ।

साविक विजेता बायर्न म्युनिख भने समूह ‘ए’ मा परेको छ । यस समूहमा एट्लेटिको मड्रिड, लोकमोटिभ मोस्क्भा र साल्जवर्ग रहेका छन् ।

समूह ‘बी’ मा रियल मड्रिड, शाक्तर डोनेट्स, इन्टर मिलान र बोरुसिया मन्छेनग्लाडबाख रहेका छन् ।

समूह ‘सी’ मा पोर्टो, म्यानचेस्टर सिटी, ओलम्पियाकोस र मार्सेली रहदा समूह ‘डी’ मा लिभरपुल, आयाक्स, एटलान्टा र मिडजिल्याण्ड परेका छन् ।

समूह ‘इ’ मा सेभिया, चेल्सी, क्रास्नोडार र रेनस पर्दा समूह ‘एफ’ मा जेनिट सेन्ट पिटर्सबर्ग, बोरुसिया डर्टमण्ड, लाजियो र क्लब ब्रुगा रहेका छन् ।

यस्तै समूह ‘एच’ मा पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड, आरबी लाइपजिग, इस्तानबुल बसाकसेइर रहेको छ ।

सम्बन्धित खवर