आईपीएल : हैदराबादको दोस्रो जित - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : हैदराबादको दोस्रो जित

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले दोस्रो जित निकालेको छ ।

शुक्रबार राति दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गर्दै हैदराबादले दोस्रो जित निकालेको हो ।

टस जितेर व्याटिङ रोजेको हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो । चेन्नईको यो लगातार तेस्रो हार हो ।

चेन्नईका रबिन्द्र जडेजाले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७ रन बनाए । यसैगरि फाप डु प्लेसिसले २२ रन बनाउदा साम करन १५ रनमा अविजित रहे ।

हैदराबादका टी नटराजनले २ विकेट लिए । भुवनेश्वर कुमार र अब्दुल समदले १र१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

हैदराबादका लागि प्रियम गार्गले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दा अविशेक शर्माले ३१ रन बनाए । यसैगरि मनिस पाण्डेले २९ रन बनाउदा कप्तान डेभिड वार्नर २८ रनमा आउट भए ।

चेन्नईका दिपक चाहरले दुई विकेट, शार्दुल ठाकुर र पियुस चावालाले १र१ विकेट लिए ।

सम्बन्धित खवर