लिग वान : पीएसजीको सानदार जित - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिग वान : पीएसजीको सानदार जित

एजेन्सी । फ्रान्स लिग वान फुटबलमा नेयमारको दुई गोलको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई ६–१ ले पराजित गर्दै सानदार जित निकालेको हो ।

खेलको सातौं मिनेटमा एलेसेन्ड्रो फलोरेन्जीको गोलमा पीएसजीले अग्रता बनाएको थियो । यसैगरि खेलको ३६ औं मिनेटमा केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै नेयमारले गोल गर्दै अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको दोस्रो मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए ।

यसैगरि इस्माइल तुरको गोलमार्फत पाहुना टोली एन्जर्सले ५२ औं मिनेटमा खेल ३–१ को स्थितीमा ल्याएको थियो ।

खेलको ५७ औं मिनेटमा जुलियर ड्रेक्सलरले गोल गर्दै पीएसजीको अग्रता फराकिलो बनाउने काम गरे ।

इदरिसा गनाले ७१ औं मिनेटमा नेयमारको पासलाई सदुपयोग गर्दै पीएसजीलाई ५–१ को अवस्थामा पुर्याएका थिए ।

खेल सकिन ६ मिनेट अघि केलियन एम्बाप्पेले गोल गर्दै पीएसजीलाई ६–१ को फराकिलो जित दिलाए ।

सम्बन्धित खवर