आईपीएल : रोयल च्यालेन्जर्स बैंगलोरको तेस्रो जित - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : रोयल च्यालेन्जर्स बैंगलोरको तेस्रो जित

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले तेस्रो जित निकालेको छ ।

शनिबार शेख जायद क्रिकेट स्टेडियम अबुधाबीमा राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोरले तेस्रो जित निकालेको हो ।

राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य बैंगलोरले १९ ओभरमा १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

बैंगलोरको जितमा कप्तान विराट कोहलीले ५३ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै ७२ रनको अर्धशतकीय इनिङ्स खेले ।

यसैगरि देभदुत पड्डीकलले ६२ रनको अर्धशतकीय इनिङ्स खेल्दा एबी डी भिलियर्स १२ रनमा अविजित रहे भने आरोन फिन्च ८ रनमा आउट भए ।

राजस्थानका जोफ्रा आर्चर र श्रेयस गोपालले १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

राजस्थानका लागि महिपाल लोमररले सर्वाधिक ४७ रन बनाए बनाउदा जोस बट्लरले २२ रन र कप्तान स्टिभ स्मिथ ५ रन जोड्दै आउट भए ।

रोबिन उथप्पा १७ रनमा आउट हुँदा रियान परागले १६ रन जोडे । राहुल टेवाटियाले अविजित २४ रन जोड्दा जोफ्रा आर्चरले अविजित १६ रन बनाए ।

बैंगलोरका युजभेन्द्र चाहलले ३ विकेट लिए । इसुरु उडानाले २ तथा नाभदिप सैनीले १ विकेट लिए ।

सम्बन्धित खवर