ला लिगा : एट्लेटिको दोस्रो पटक बराबरीमा रोकियो - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : एट्लेटिको दोस्रो पटक बराबरीमा रोकियो

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधिको दाबेदार मानिएको एट्लेटिको मड्रिड लगातार दोस्रो पटक बराबरीमा रोकिएको छ ।

शनिबार घरेलु मैदानमा बल पोजिसनमा पकड जमाएपनि गोल गर्न नसक्दा एट्लेटिको भिल्ला रियलसँग गोलरहित बराबरीमा रोकिएको हो ।

बार्सिलोनाबाट यसै सिजन क्लब आएका लुइस सुआरेजले डेब्यु खेलमा दुई गोल गरे पनि लगातार दोस्रो खेलमा गोल गर्न चुकेका थिए ।

एट्लेटिकोका केहि उत्कृष्ट प्रहारहरु भिल्लाका गोलकिपरले बचाउ गरेका थिए । यसैगरि भिल्लाले पनि खेलमा केहि गोलको अवसर खेर फालेको थियो ।

अर्को खेलमा आइबरले रियल भालाडोलिटलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

सम्बन्धित खवर