आईपीएल : दिल्लीको तेस्रो जित, उक्लियो शीर्ष स्थानमा - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : दिल्लीको तेस्रो जित, उक्लियो शीर्ष स्थानमा

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति सारजाह क्रिकेट मैदानमा भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै दिल्लीले तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो ।

दिल्लीले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर २ सय १० रन मात्र बनाउन सक्यो ।

कोलकत्ताका लागि नितिश रानाले ५८ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यसैगरि इयान मोर्गनले ४४ रन जोड्दा राहुल त्रिपाठीले ३६ रन बनाए भने शुबमन गिलले २८ रन जोडे ।

यसैगरि आन्द्रे रसेलले १३ रन बनाउदा कप्तान दिनेश कार्तिक ६ रनमा आउट भए ।

दिल्लीका एन्रीच नोर्ट्जेले ३ विकेट, हर्सल पटेलले २ तथा अमित मिश्रा, मार्कुस स्टोनिस र कागिसो राबडाले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर २ सय २८ रनको विशाल योगफल बनाएको थियो ।

दिल्लीका लागि कप्तान श्रेयस आयरले ३८ बलमा अविजित रहदै ८८ रन र पृथ्वी शले ४१ बलमा ६६ रनको अर्धशतकीय इनिङ्स खेले । यसैगरि ऋषब पन्तले ३८ रन जोड्दा शिखर धवनले २६ रन बनाए ।

कोलकत्ताका आन्द्रे रसेलले दुई विकेट, भरुण चक्रवर्ती र कमलेस नगरकोटीले एक एक विकेट लिए ।

दिल्लीले तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीपलाई भने लगातार चौंथो खेलमा पनि खेलाएनन् ।

सम्बन्धित खवर